शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – मेरिलेबोन क्रिकेट क्लब (मसीसी)सँगको खेलमा नेपाल यु-१९ क्रिकेट टोली ३८ रनले पराजित भएको छ । नेपाल भ्रमणमा रहेको एमसीसीविरुद्धको एकदिवसीयमा खेलमा नेपाली यू-१९ टोली पराजित भएको हो ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा एमसीसीले दिएको ३ सय ३५ रनको फराकिलो लक्ष्य नेपालले भेटाउन सकेन । नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९६ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३४ रन बनाएको थियो ।

एमसीसीका लागि विल रोड्सले ९३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हामोन्ड र टम वेट्सलीले समान ६५ रन बनाएका थिए । एमसिसिका लागि बिलि गोडलम्यानले २२, विल रोडस ९३, टम वेस्टले ६५, विल भ्यान्डर्सपर्स २४, एड योउङ ४५, माइल्स ह्याम्नोल्ड ६५ रनको योगदान दिए । नेपालका सागर ढकाल र शेर मल्लले समान २-२ विकेट लिएका थिए भने कुशल मल्ल र आकाश चन्दले १-१ विकेट लिएका थिए ।

अब एमसीसीले सोमबार नेपाली राष्ट्रिय टिमसँग एकदिवसीय खेल खेल्नेछ । एकदिवसीयपछि एमसीसीले नेपालसँग टी–ट्वान्टी र फस्ट क्लास क्रिकेट खेल्ने छन् । नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया