आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानमा गएको वर्ष सन् २०१८ मा हालसम्मकै सबैभन्दा धेरै विदेशी विद्यार्थीहरुले रोजगारी भिसा पाएका छन् ।
अध्यागमन विभागले जनाएअनुसार युनिभर्सिटी तह र व्यवसायिक कोर्स पुरा गरेका हालसम्मकै ठूलो संख्याका विदेशी विद्यार्थीहरुले रोजगारीसबित भिसा पाएका हुन् ।

अध्यागमन विभागले बुधबार दिएको जानकारी अनुसार गएको वर्षमा कुल २५ हजार ९ सय ४२ जना विदेशी विद्यार्थीहरुले रोजगारी भिसा पाएका छन् जुन संख्या अघिल्लो वर्षको भन्दा ३ हजार ५ सय २३ ले बढी हो भने सन् २०१३ को भन्दा दोब्बर हो ।

अध्ययन पुरा गरी विद्यार्थी भिसाबाट परिवर्तित रोजगारी भिसाको स्टाटसलाई ’इञ्जिनियर, स्पेसियलिष्ट इन ह्युमानिटीज इन्टर्नेशनल सर्भिस’ भनिन्छ, जसअन्तर्गत जापानमा हाल ९३ दशमलव २ प्रतिशत, रोजगारी भिसा अन्तर्गतकै बिजनेश म्यानेजर स्टाटसमा २ दशमलव २ प्रतिशत र प्रोफेसर स्टाटसमा २ दशमलव १ प्रतिशत विदेशीहरु रहेको जनाईएको छ ।

गत वर्ष विद्यार्थी भिसाबाट वर्किङ भिसा पाउने विदेशीहरुमा चिनियाँहरु ४२ प्रतिशत, भियतनामी २० दशमलव २ प्रतिशत र तेस्रोमा नेपाली ११ दशमलव ३ प्रतिशत रहेका छन् । जसअनुसार कुल विदेशीहरु मध्य एशियाली मुलुकबाट ९३ दशमलव ३ प्रतिशत रहेका छन् । बाँकी अन्य देशका रहेका छन् ।***

तपाईको प्रतिक्रिया