आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – पढाई सकेका नेपाली विद्यार्थीले जापानमा काम पाउन अन्य विदेशीको तुलनामा मुश्किल हुने गरेको एक अध्ययनले देखाएको छ । त्यसको मुल कारण आजको प्रतिस्पर्धात्मक बिश्व बजारमा अन्य मुलुकका नागरिकको दाँजोमा कमजोर हुनु नै हो । पहिलो त जापानी भाषाको हकमा नेपालीहरुले चिनियाँ, कोरियन, भियतनामी लगायतका देशका नागरिकसंग प्रतिस्पर्धा गर्न सक्दैनन् । दोस्रो नेपाली युवाहरु जापानमै भविष्य निर्माण गर्नका लागि हरेक हिसाबले आफुलाई तयार गर्नेतर्फ उदासिन देखिन्छन् ।

यहाँ सम्मकी कामको लागि अन्तरवार्ता (मेन्सेचु) जाँदा बुझाउनुपर्ने बायोडाटा (रिरेक्शो) समेत आफै लेख्न नसकेर अरुको सहारा लिनेको संख्या अधिक देखिन्छ । त्यसो भए उनीहरुले चार वर्षसम्म के पढे त ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो ।

दुई वर्ष जापानी भाषा कोर्स र अर्को थप दुई वर्ष भोकेशनल कोर्स पूरा गर्दा उनीहरुको चार वर्ष अध्ययन नै बितिसकेको हुन्छ । त्यसमा पनि कतिपय नेपालमै स्नातक तह उत्तीर्ण गरिसकेका हुन्छन् । तथापि उनीहरु आफ्नो लागि आफै काम खोज्ने हिम्मत धेरै कमले मात्र राखेको पाईन्छ । यहाँ सम्मकी कामको लागि अन्तरवार्ता (मेन्सेचु) जाँदा बुझाउनुपर्ने बायोडाटा (रिरेक्शो) समेत आफै लेख्न नसकेर अरुको सहारा लिनेको संख्या अधिक देखिन्छ । त्यसो भए उनीहरुले चार वर्षसम्म के पढे त ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो ।

हाम्रा युवा पुस्तामा गुणस्तर खस्किदै गएको अरु तथ्यहरु पनि प्रशस्त छन् । हात हातमा स्मार्टफोन लिएर आफ्नो दैनिकीको अत्यधिक समय त्यसैमा खर्चिन्छन् तर आफुलाई काम लाग्ने नभई नहुने बिषय बारे जानकारी लिने, अध्ययन गर्नेतिर उनीहरुमा पटक्कै लगाव छैन । उनीहरु मध्य धेरैजसोमा इमेल बारे ज्ञान छैन । फेसबुक भए संसार चल्ने मनोविज्ञान, अध्ययनशीलताको कमी, सिक्ने जिज्ञासु स्वभावको अभाव, नजानेको बिषयमा सिकाईमागेमा सानो होइने कुण्ठा जस्ता कारणले नेपाली युवा पुस्तालाई गाँजेको छ ।

जापानीहरु आफ्नो कम्पनीमा सकेसम्म उच्च क्वालिटीका प्रतिभावान र योग्य कर्मचारी भर्ना गर्न चाहानु स्वभाविकै हो, त्यसमा प्रतिस्पर्धा गर्न नसक्दा कामचलाउ औसत हैसियत भएका नेपालीहरु उनीहरुको रोजाईमा पर्न सक्दैनन् ।

उसो त यो सँस्कार उनीहरुले नेपालबाटै लिएर आएका हुन्छन्, यसको मुलजरो खोज्दै जाने हो भने नेपालको शिक्षा प्रणालीमा गएर ठोक्किन्छ । सामान्यतया १२ कक्षा उत्तीर्ण युवाहरु विद्यार्थी भिसामा जापान आउन योग्य ठहरिन्छन् । १२ वर्षसम्म अध्ययन गरेका उनीहरुमा त्यो १२ वर्षको अध्ययनशिलता व्यवहारमा लगभग कहिं कतै देखिदैन । उनीहरुमा रहेको नेपाली भाषाको लेखन स्तर, व्यवहार, सँस्कार, अभिवादन, क्षमायाचना, अग्रजहरुप्रतिको सम्मान, विनयशिलता, अनुशासन, हार्दिकता जस्ता पक्षहरु सन्तोषजनक देखिदैनन् ।

जापानीहरु आफ्नो कम्पनीमा सकेसम्म उच्च क्वालिटीका प्रतिभावान र योग्य कर्मचारी भर्ना गर्न चाहानु स्वभाविकै हो, त्यसमा प्रतिस्पर्धा गर्न नसक्दा कामचलाउ औसत हैसियत भएका नेपालीहरु उनीहरुको रोजाईमा पर्न सक्दैनन् ।

सिराहाका रामलखन महतो (नाम परिवर्तन) नेपालमै एमएस्सी गरेका युवक हुन् । भाषा विद्यार्थी भएर तीन वर्ष अघि उनी जापान आए । दुई वर्षे भाषा कोर्स सकेर उनी भोकेशनल तिर लागेनन् । नेपालको युनिभर्सिटीको प्रमाणपत्र पेश गरेर वर्किङ भिसाका लागि विभिन्न ठाउँमा आवेदन दिए । मुश्किलले एउटा कम्पनीले अन्तरवार्तामा बोलायो । फोनमा उनले आफ्नो उमेर २८ वर्ष भनेका रहेछन्, अन्तरवार्तामा जाँदा आफ्नो परिचयपत्र देखाउँदा ३२ वर्ष भएको खुल्न गयो, कम्पनीले उमेर किन झुठ बोलेको भन्दा उनले भरपर्दो जबाफ दिन सकेनन् न त माफी माग्ने चेष्टा नै गरे ।

नेपालको सैद्धान्तिक शिक्षा प्रणाली, घरपरिवार र विद्यालयको स्कुलिङ, सामाजिक सँस्कार, देशको गञ्जागोल राजनैतिक स्थिति आदिका कारण हाम्रा युवाहरु मेधावी बन्न त सकेनन् नै कामकाजी बन्न पनि सिकाईएन ।

आफु युनिभर्सिटीको डिग्री होल्डर भएको नेपालमा केही वर्ष शिक्षण पेशा पनि गरेको दम्भमिश्रित भावमा प्रस्तुत भएका महतोले अन्तरवार्तामा विनयशिलता देखाउन जानेनन् । उनको कागजको डिग्री ब्यवहारमा झल्किएन । उनलाई कम्पनीले लिएन । बल्लतल्ल उनले एकजना नेपालीको सहायताले एक ठाउँमा काम त पाए, तर २ महिना पनि टिक्न सकेनन् । महतो त एक प्रतिनिधि पात्र मात्र हुन् यसले के देखाउँछ भने हाम्रो नेपालको शिक्षाले गर्दा युवाहरु अधिकाँश सर्टिफिकेटमा पास भए पनि व्यवहारमा फेल छन् ।

यसकारण ५ मिनेट कुरो गर्दासाथ आफ्नो अगाडिको व्यक्तिको बोलीचाली र गेटअपबाट उसको स्तर, क्षमता, स्वभाव र उसको कार्यक्षमता बारे तुरुन्तै आंकलन गर्न सक्ने खुबी भएका जापानीहरुको छनौटमा नेपालीहरु पर्न मुश्किल पर्ने गरेको सयौं विदेशीहरुलाई रोजगारी दिदैं आएको एक प्रतिष्ठित कम्पनीका म्यानेजरले बताए । नेपालको सैद्धान्तिक शिक्षा प्रणाली, घरपरिवार र विद्यालयको स्कुलिङ, सामाजिक सँस्कार, देशको गञ्जागोल राजनैतिक स्थिति आदिका कारण हाम्रा युवाहरु मेधावी बन्न त सकेनन् नै कामकाजी बन्न पनि सिकाईएन । त्यसको प्रत्यक्ष असर जापानमा रोजगारी पाउन हुने प्रतिस्पर्धामा पनि देखिन थालेको जानकारहरु बताउने गर्दछन् ।

विद्यार्थीहरु पढाईमा भन्दा कमाउनमा लालायित हुन नहुने नेपालका भाषा स्कुलले किन सिकाएनन् होला, २८ घण्टा भन्दा बढि काम गर्दा भिसा धरापमा पर्ने बिषयबारे उनीहरुलाई जापान पठाउने कन्सल्ट्यान्सीले किन जानकारी गराएन होला, निट एण्ड क्लिन सफाचट कामकाजी तन्नेरीहरु मात्र जापानको काममा रुचाईन्छन् भन्ने किन सिकाईएन होला, यि र यस्ता अहम प्रश्न उब्जिनु स्वभाविकै हो ।

सुन्दा सामान्य लागेपनि सुक्ष्म सुक्ष्म कुरामा ख्याल गर्नुपर्ने देश जापानमा बिन्दास तालले गर्दा आफ्नो भविष्य आफै बिगार्दै गरेका नेपाली युवाहरुको संख्या बढ्दो छ ।

ठूलो धनराशी खर्चेर जापानसम्म आईपुगेका तन्नेरीपुस्ता उच्च जोखिम मोलेर पढाइमाभन्दा काममा ध्यान दिदा सपनाको पोको कुनातिर मिल्काउँदै धेरैलाई स्वदेश फिर्तीको बाटो रोज्नुपरेको छ, भने बाँकी रहेकाहरुले भनेजस्तो काम पाउन नसक्दा अर्को जोखिम मोल्नुपरेको छ । पढाई सकेर वर्किङ भिसासहितको काम खोज्दै गरेका नेपाली युवाहरुमा अर्को समस्या के पनि देखिन्छ भने आफुमा भाषाको स्तर, सक्षमता, कामको अनुभव र कुन लेभलको ब्यक्तित्व हुँ भन्ने हेक्का नै नराखी सकेसम्म नजिकमा पायक पर्ने, सजिलो र सफा काम, तलव सुबिधा राम्रो भएको कम्पनी रोज्ने गरेको पाईन्छ ।

कम्पनीको रोजाइमा आफु पर्ने हो कि होइन थाहा छैन आफुले नै कम्पनी रोज्ने सँस्कारले पनि कतिपय नेपालीहरु लामो समयसम्म बेरोजगारी बस्नु परेको, नेपाल फर्कनुपरेको घटना बाक्लिन थालेका छन् । यसैगरी छिटो कमाउने लोभले भिसा एकातिर र काम अर्कोतिर गर्ने प्रवृत्तिले ढिलोचाँडो समस्या निम्तने कुरालाई चटक्कै बिर्सेर आफै जोखिममा पर्ने गरेका उदाहरण पनि प्रशस्त छन् । तथापि यि र यस्ता बिषय कहिं कतै बहसको बिषय बन्ने गर्दैनन् ।

केही समय अगाडि जापानको एउटा पत्रिकाले नेपालीहरुको शरीरबाट आउने गन्धको बारेमा लेख्यो । सामाजिक सञ्जालमा यसले निकै चर्चा पायो । हामीले खाने खानेकुरा, हाम्रो लुगाफाटा र नियमित सरसफाई नहुँदा अरुको नजिक पर्दा असामान्य लाग्ने गन्ध आउनु स्वभाविकै हो, जुन जापानीहरुले मन पराउँदैनन् तर भन्दैनन् मात्र हो । सुन्दा सामान्य लागेपनि सुक्ष्म सुक्ष्म कुरामा ख्याल गर्नुपर्ने देश जापानमा बिन्दास तालले गर्दा आफ्नो भविष्य आफै बिगार्दै गरेका नेपाली युवाहरुको संख्या बढ्दो छ । त्यसैले त बूढापाकाहरु भन्ने गर्छन् ‘कपालबिनाको केश, देशबिनाको भेष’ अस्तू ।

तपाईको प्रतिक्रिया