आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखाले जापानका दुई शहरमा बृहत देउँसी-भैलो कार्यक्रम गर्ने भएको छ । शाखाले नेपालीहरुको दोस्रो ठूलो चाड दिपावलीको अवसर पारी यहि अक्टोबर २७ र २८ तारिखका दिन फुकुओका र टोकियोमा बृहत देउँसी-भैलो कार्यक्रम गर्न लागेको हो ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखाको अधिवेशनपछि बनेको नयाँ कार्यसमितिले गर्न लागेको यो पहिलो कार्यक्रम हो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखाको कलाकार अक्षयकोष स्थापनार्थ कार्यक्रम गर्न लागिएको प्रतिष्ठानको जापान शाखाका प्रवक्ता केशब पौडेलले जानकारी दिए । उनका अनुसार कार्यक्रम प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष तथा चर्चित गायक चन्द्र शर्माको विशेष उपस्थितिमा हुने भएको हो ।

आयोजकका अनुसार कार्यक्रम यहि अक्टोबर २७ आइतबार साझ ५ बजे देखी nana house ethnic restaurat & bar फुकुओका र २८ तारिख सोमबार ५ बजे देखी ajiwai tokyo restaurat टोकियोमा हुनेछ । प्रतिष्ठान जापान शाखाको कलाकारहरुको संयुक्त तथा एकल प्रस्तुती रहने कार्यक्रममा उपस्थितीका लागि सम्पूर्ण जापानवासी नेपालमा अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया