आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – पाल्पा समाज जापानले नेपालीहरुको दास्रो ठूलो चाड दिपावलीको अवसर पारी देउँसी-भैलो तथा शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने भएको छ ।

समाजले यहि अक्टोबर २७ तारिख आइतबार ‘लक्ष्मीपूजा’का दिन टोकियोमा देउँसी-भैलो तथा शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने भएको हो ।

विभिन्न सामाजिक कार्य गर्दै आएको समाजले विगतका वर्षझै यसवर्ष पनि देउँसी-भैलो तथा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष निरन्जन गैरेले जानकारी दिए । साथै उनले टोकियोस्थित ओओकूबोमा रहेको सोलमारी रेष्टुरेन्टमा बेलुका ५ बजेदेखि सुरु हुने कार्यक्रममा उपस्थितीका लागि सबैलाई आग्रह समेत गरेका छन् ।

पाल्पा जिल्लाबाट जापानको विभिन्न क्षेत्रमा छरिएर रहेका पाल्पालीहरुको साझा समाज पाल्पा समाज जापानले सामाजिक कार्य गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया