आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएको छ। सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तको हिरासतमा राखिएका महरलाई स्वासप्रश्वासको समस्या देखिएको छ । महरा लामो समयदेखी उक्त रक्तचाप र श्वासप्रश्वासको समस्याबाट पिडित थिए ।

महराको स्थास्थ्यमा समस्या देखिएपछि उनकै निवास बालुवाटारबाट अक्सिजन ल्याएर हिरासतमै अक्सिजन दिइएको प्रहरी स्रोतले बतायो । महराको आईतबार नै त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण र गर्नुका साथै फोरेन्सिक समेत गरिएको छ । प्रहरीले आईतबार राति नै महरा निवास पुगेर उनको लुगा र अन्य सामान समेत उठाएर लगेको परिवारस्रोतको दावी छ ।

महरालाई संसद सचिवालयमा कार्यरत महिलाले बलात्कारको प्रयास गरेको आरोप लगाएकी थिईन् । त्यसपछि पत्रकार सम्मेलन गरेर आफैले उनले महरा आफ्नो बुवासरहको व्यक्ति भएको भन्दै आरोप गलत भएको र आफ्नो कोठामा नआएको दाबी गरेकी थिईन् ।

महिलाले आरोपको खण्डन गरेको भोलीपल्ट नै शुक्रवार उनले महराविरुद्ध तीनकुनेस्थित प्रहरी चौकिमा गएर किटानी जाहेरी दिएपछि प्रहरीले अदालतबाट आदेश लिएर महरालाई पक्राउ गरेको हो । प्रहरीले शुक्रबार नै पीडित महिलाको स्वास्थ्य परिक्षण गराइसकेको छ भने उनको कोठाबाट प्राप्त प्रमाणहरुको पनि फोरेन्सिक जाँच समेत गरिसकेको छ।

तपाईको प्रतिक्रिया