आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आज झापा जाने भएका छन् । उनी झापामा गर्न लागेको शुभकामना तथा चियापान कार्यक्रमको लागि त्यसतर्फ जान लागेका हुन । २५ बर्ष अघिदेखि लगातर नवमीको दिन झापाको बिर्तामोडमा आफ्नै खर्चमा गर्दै आएको यो कार्यक्रम पहिलो पटक गृह नगर दमकमा गर्न लागेका हुन्।

प्रधानमन्त्री ओली दिउसो १२.०० बजे कार्यक्रमस्थल दमक ८ को एक पार्टी प्यालेसमा हुने कार्यक्रममा सरिक हुने जनाईएको छ । नेकपाका स्थानीय नेता गगन पुरीका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । एक हजार जना उपस्थित हुने अपेक्षा अनुसार तयारी पूरा भएको उनले बताए ।

पर्टीका नेता कार्यकर्तादेखि लिएर सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई समेत ओलीले उपस्थितिका लागि निमण्त्रणा पठाएका छन् । सामाजिक संघसंस्थाका प्रतिनिधि तथा अन्य राजनीतिक दलका स्थानीय नेता कार्यकर्ता समेत कार्यक्रममा सहभागि हुने जनाईएको छ ।

सुरक्षा श्रोतका अनुसार ओली भद्रपुर बिमानस्थलमा उत्रेर दमकमा कार्यक्रम स्थलमा पुग्ने कार्यक्रम रहेको छ । आज अपरान्ह नै प्रम ओली काठमाडौं फर्कने कार्यक्रम छ । ओली आउने भएपछि दमक सहित झापाको सुरक्षा ब्यवस्था कडा पारिएको प्रहरी नायव उपरीक्षक श्यामल सुब्बाले जानकारी दिए ।***

तपाईको प्रतिक्रिया