काठमाडौँ – भारतले दक्षिण अफ्रीकाविरुद्धको पहिलो टेस्टमा जित हासिल गरेको छ । टेस्टको पाँचौ दिन ३९५ रन पछाएको दक्षिण अफ्रीका १९१ रनमा अल आउट भएपछि खेल भारतले २०३ रनले जितेको हो ।
आफ्नो दोस्रो इनिंगमा दक्षिण अफ्रीकाका लागि डाने पेइडटले सर्वाधिक ५६ रन बनाए भने सेनुरान मुथुस्वामीले अविजित ४९ रन बनाए । त्यस्तै एडेन मक्रमले ३९ रन बनाए भने फाफ डुप्लेसिसले १३ रन बनाए । भारतका बलर मोहमद सामीले ५ विकेट लिए भने रविन्द्र जडेजाले ४ विकेट लिए भने आर आश्विनले एक विकेट लिए ।
यस अघि भारतले आफ्नो पहिलो इनिंगमा ५०२ र दोस्रो इनिंगमा ३२३ रन बनाएको थियो । भारतको इनिंगमा भारतका रोहित शर्माले पहिलो इनिंगमा १७६ र दोस्रो इनिंगमा १२३ रन बनाएका थिए । त्यस्तै दक्षिण अफ्रीकाले आफ्नो पहिलो इनिंगमा भने ४३१ रन बनाएको थियो । यो जितसँगै भारतले ३ टेस्टको सिरिजमा १-० ले अगाडी रहेको छ ।