आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – राष्ट्रपति सी चीनफिङको भ्रमणको तयारीका लागि चिनियाँ जहाज काठमाडौं आएको छ । बुधबार अपरान्ह पौने २ बजे चिनियाँ जहाज परीक्षण उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो ।

एयर चाइनाको बोइङ जहाज विमानस्थलमै छ । भिभिआइपी डेमोन्स्ट्रेसन फ्लाइट भएकाले विमानस्थलले अरू व्यवसायीक उडान रोकेको थियो । केहीबेर रोकिएका अन्य आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान फेरि सुचारू भएका छन् । उक्त जहाजमा आएका चिनियाँ अधिकारीहरूले विमानस्थल प्रशासन र सुरक्षाका अधिकारीसँग छलफल गरेका छन् । सी असोजको २६/२७ गते नेपाल आउने चर्चा भए पनि दुबै देशले औपचारिक रूपमा मिति तोकेका छैनन् ।

सन् २०१५ को मार्च २६ तारिखका दिन पहिलो उडान गरेको यो जहाज साढे ४ वर्ष पुरानो हो । काठमाडौंमा अवतरण गर्नुअघि यो जहाजले २८ हजार २५ फिट माथिबाट उडान गरेको रेकर्डबाट देखिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा स्रोतका अनुसार यो जहाज दिउँसो ३ः३० बजेसम्म विमानस्थलमै रहनेछ । त्यसपछि बेइजिङ फर्किनेछ ।

तपाईको प्रतिक्रिया