आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – एक्सन कमेडीको समिश्रण रहेको ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक भएको छ । कार्तिक १५ गते रिलिज हुने सिनेमामा सुशिल श्रेष्ठ र आमिर गौतमको मुख्य भूमिका रहेको छ ।

जोनी सिंह रानाले निर्देशित सिनेमामा सुशीलले पत्रकार र आमिर प्रहरीको भूमिकामा छन् । सिनेमामा आमिर र सुशिलका अलावा रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ ।

अभिषेक शशी कुमारको लेखनमा निर्मित सिनेमामा उत्तम हुमागाईंको छायाँकन, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत छ ।

तपाईको प्रतिक्रिया