आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – यौन दुराचारमा मुछिएपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई पक्राउ गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । मंगलबार माइतीघर मण्डलामा जम्मा भएका प्रदर्शनकारीहरुले महरालाई पक्राउ गरी कारबाही प्रकृया अघि बढाउन माग गरेका हुन् ।

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि आइतबार राति तिनकुनेस्थित उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको महरामाथि आरोप छ । चौतर्फी दबाबपछि उनले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सम्बोधन गरी राजीनामा दिएका छन् ।

तपाईको प्रतिक्रिया