आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – रामप्रसाद अवस्थी र रेखा जोशीले स्वर दिएको देउडा गीत ‘ढल्क्यो लाली जोवन्…’ सार्वजनिक भएको छ । प्रेम प्रे्रमिका एक अर्काबाट टाढा हुँदाको भाव समेटिएको गीत म्यूजिक नेपालको यूट्यूव च्यानलमार्फत सार्वजनिक भएको हो ।

खप्तड डिजिटल म्यूजिक प्रालीको प्रस्तुती रहेको गीतमा लय तथा शब्द रामप्रसाद अवस्थीकै रहेको छ भने गीतको एरेञ्ज बिनोद बाजुरालीले गरेको हुन् । भीम थापाले निर्देशन गरेको गीतको म्यूजिक भिडियोको छायाँकन डिबी रौलेले गरेको छन् ।

म्यूजिक भिडियोमा चर्चित गायिका कल्पना बिसी, रामप्रसाद अवस्थी र कीर्तीबहादुर सिंहको अभिनय देख्न सक्रिन्छ । गायिका कल्पना पछिल्लो समय अभिनयमा पनि देखिन थालेको छिन् । गायकीसँगै उनको अभिनयलाई पनि स्रोता दर्शकले मन पराएका छन् ।

तपाईको प्रतिक्रिया