आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – प्रहरीले कटुवा पेस्तोलसहित काठमाडौंको नागढुंगाबाट दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले  चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरीको धरानका २४ वर्षीय शैलेस तामाङ र दाङ घाराहीका २० वर्षीय उज्वल गिरीलाई रहेको प्रहरीले जनाएको छ । बुटवलबाट काठमाडौं आउँदै गरेको लु१ख ९९८८ नम्बरको बस चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट एउटा कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको प्रहरीले जनाएको छ । मनगरीय प्रहरी प्रभाग नागढुंगाले पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको छ ।

तपाईको प्रतिक्रिया