शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडाैं – भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य आकाशिएको छ । प्याजको मुल्य एकै दिन ६० रुपैयाँ बढेको छ ।

सोमबार कालीमाटी तररकारी बजारमा सुकेको प्याजको मूल्य प्रतिकेजी एक सय ४० रुपैयाँ पुगेको छ । आइतबार सुकेको प्याजको मूल्य प्रतिकेजी ८० देखि ९० रुपैयाँ रहेको कालीमाटी तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बताए । भारतको केन्द्र सरकारले विश्वभर आफ्नो प्याज निर्यातमा आइतबारदेखि प्रतिबन्ध लगाएको थियो । त्यससँगै नेपालमा प्याजको मूल्य रातारात बढेको हो ।

श्रेष्ठका अनुसार, दशैंमा प्याजको अभाव सिर्जना हुने छ। ‘अहिले बजारमा केहि मात्रामा प्याज छ । कति छ भन्ने एकीन छैन,’ श्रेष्ठले भने ‘कालीमाटीमा आजैदेखि प्याज अभाव भएको छ । यस्तै हो भने दशैंमा माग धान्न गाह्रो हुनेछ ।’ नेपालमा प्याजको उत्पादन एकदमै कम हुने गरेको छ । जसले गर्दा प्याजमा भारतमै निर्भर रहेको उनले बताए । चीनबाट पनि प्याज आउने गरेको छ । तर, त्यो प्रयाप्त मात्रामा नभएको जनाएको छ । एकैदिन प्याजको भाउ आकाशिएपछि उपभोक्ता मर्कामा परेका छन् ।

तपाईको प्रतिक्रिया