शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडाैं – सरकारले दशैंका लागि खपत हुने खसीबोका तथा च्याङ्ग्राको मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ज्युँदो खसीबोकाको प्रतिकेजी ५ सय ५० रुपैयाँ र ज्युँदो च्याङ्ग्राको प्रतिकेजी ७ सय ३० रुपैयाँ मूल्य तोकेको कम्पनीका प्रबन्ध निर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

कम्पनीले दशैंलाई लक्षित गरी मूल्य तोकेसँगै कम्पनीको कार्यालय थापाथलीमा आजैबाट खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण शुरू भइसकेको छ । मनाङ र मुस्ताङबाट १९ सय २० च्याङ्ग्रा तथा दाङ र मकवानपुरबाट ९ सय वटा खसी बोका ल्याइसकेको प्रबन्ध निर्देशक गौचनले बताए ।

दशैंमा खसीबोका आपूर्तिका लगि यति खसीबोका तथा च्याङ्ग्रा पर्याप्त नभएपनि उपभोक्तालाई वास्तविक मूल्य जानकारी दिने उद्देश्यले मूल्य तोकिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया