शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडाैं – भारतको चर्चित चलचित्र शोलेका चर्चित पात्र कालियाको निधन भएको छ । कलाकार बिजु खोटेको ७८ वर्षको उमेरमा सोमबार निधन भएको हो । उनी लामो समयदेखि बिमारी थिए ।

सोमबार बिहान मुम्बईस्थित आफ्नै घरमा उनको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । भारतको चर्चित चलचित्र शोलेमा बिजु खोटेले अमिताभ बच्चन, धर्मेन्द्र सिंह देवलसँग काम गरेका थिए । त्यस चलचित्रमा एक खलपात्र निकै चर्चित छन् । ती थिए गब्बर । गब्बरको सहयोगीको रुपमा कालियाले चलचित्रमा भूमिका निर्वाह गरेका थिए ।विजू खोटेत्यस चलचित्रको मुख्य डाइलगमध्ये कालियाले बोलेको डाइलग निकै हिट थियो । त्यो थियो ‘हमने आपका नुन खाया हे सरकार ।’ यस्तै कालियासँग जोडिएका अन्य डाइलग ‘कित्ने आद्मी थे कालिया, अब तेरा क्या होगा कालिया’ हुन् । बिजु खोटेले हिन्दी बाहेक मराठी चलचित्रमा पनि काम गरेका थिए ।

तपाईको प्रतिक्रिया