आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – दशैं र तिहारको विदामा पनि स्वास्थ्य संस्था बन्द नहुने भएका छन् । स्वास्थ्य सेवा संचालन गरिराख्न संघीय मामिला सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ ।

संघीय मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रमा दशैं र तिहारको विदामा पनि स्वास्थ्य सेवा यथावत राख्न आग्रह गरेको छ । मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई स्वास्थ्य संस्था बन्द नगर्न परिपत्र गरेको हो ।

संघीय मन्त्रालयले पठाएको पत्रअनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि मातहतका निकायलाई स्वास्थ्य सेवा संचालन गरिराख्न निर्देशन दिएको हो । मन्त्रालयले सबै स्थानीय तहलाई ११ बुदे निर्देशन पठाएको छ ।

अब दशैं र तिहारको विदामा पनि स्वास्थ्य संस्था संचालन हुनेछन् । नियमित स्वास्थ्य सेवा उपलब्ध हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया