आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – बैंकहरूमा ह्याकरको आक्रमण बढेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सबै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बोलाएको छ । सीआईबीले आकस्मिक रुपमा सबै सीईओलाई सोमबार बिहान ११ बजे बोलाइएको हो ।

छलफलमा सबै सीईओ सहभागि भएका छन् । साइबर सेक्युरीटीका सम्बन्धमा थप चासो देखाउँदै सीआईबीले छलफलका लागि बोलाएको एक बैंकरले बताए । ह्याकिङ प्रकरणमा बैकहरूको साइबर सेक्युरिटीमा केही कमजोरी भएको शंका लागेपछि सीआईबीले सुधारका उपाय खोज्नका लागि छलफलको आयोजना गरेको जनाएको छ ।

एकै महिनामा ह्याकरले दुइटा बैंकमा चोरी गरेपछि प्रहरीले साइबर सेक्युरिटीमा चासो दिएको हो । गत महिनामात्रै चिनियाँ ह्याकरले विभिन्न बैंकको एटीएम ह्याक गरी साढे तीन करोड रुपैयाँ चोरी गरेका थिए । त्यस्तै, केही दिन अघि कृषि विकास बैंकका कर्मचारीको पासवर्ड प्रयोग गरी करिब ६ करोड चोरी भएको थियो ।

तपाईको प्रतिक्रिया