आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङका लागि चिनियाँ कम्पनी सिनो हाइड्रोसँग आइतबार ठेक्का सम्झौता भएको छ । १२ महिनामा काम सक्ने गरी मेलम्ची विकास समिति र सिनो हाइड्रोबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

सिनो हाइड्रोले सुरुङ फिनिसिङको ठेक्का ८५ करोड एक लाख ९४ हजार चार ५८ रुपैयाँमा लिएको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए । यससँगै १० महिनादेखि रोकिएको आयोजनाको काम सुरु हुने भएको छ । २९ मंसिरमा इटालियन कम्पनी सिएमसीले आयोजनाको काम छोडेपछि २४ माघमा सिएमसीसँगको ठेक्का तोड्ने निर्णय गरिएको थियो ।

सिनो हाइड्रोले आगामी २६ गतेबाट काम थाल्ने भएको छ । त्यसका लागि उसले ठेक्का सम्झौता हुनुभन्दा अघि नै फिल्ड भिजिटसमेत गरिसकेको छ । ‘कम्पनीले यसअघि नै फिल्ड भिजिट गरिसकेको छ,’ खत्रीले भने, ‘२६ गतेबाट काम सुरु हुन्छ ।’

तपाईको प्रतिक्रिया