काठमाडाैं – सामसुङले ग्यालेक्सी ए७० मोडलको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । दुई दिन अगाडि भारतमा यस फोन पहिलोपटक सार्वजनिक गरिएको हो ।
यसमा ६४ मेगापिक्सलको क्यामेरा भएको बताइएको छ। फ्रन्ट क्यामेरा भने ३२ मेगापिक्सलको रहेको छ । यस फोनमा ब्राइट जीडब्लु १ सेन्सर भएको जनाइएको छ। यस्तै यो फोनको ब्याट्री ४५ सय एमएएचको रहेको छ ।यसको र्याम ८ जीबि तथा इन्टरनल मेमोरी १२८ जीबीको रहेको छ । यसको मूल्य ४४० अमेरिकी डलर रहेको छ ।