Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडाैं – नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द विजयी भएका छन् । शनिबार सम्पन्न क्यानको चुनावमा उनी आफ्ना प्रतिस्पर्धी विनयराज पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जम्मा ५९ मतदाता रहेको क्यानमा चन्दले ४४ र पाण्डेले १५ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा राजबाबु श्रेष्ठले ४१, सचिवमा अशोक प्याकुरेलले ४२ कोषध्यक्षमा रोशनबहादुर सिंहले ४५ मत प्राप्त गर्दै विजयी बने । उनीहरुका प्रतिस्पर्धी डेण्डु लामाले १२, विनोद मैनालीले १५, उपेन्द्र भट्टराईले १२ मत प्राप्त गरेका छन् ।

१७ सदस्यका लागि भएको निर्वाचनमा चन्दको प्यानल नै विजयी भएको हो । विजयी सदस्यहरुमा अर्जुन पौडेल ३६, धीरेन्द्र साउद ४२, सञ्जय सिंह ३४, माधवकुमार कर्मचार्य ३५, करन क्षेत्री ३० मतसहित विजयी भएका छन् । क्यान फुकुवाका लागि महत्वपूर्ण मानिएको यो निर्वाचनमा प्रगतिशील समूहलाई पराजित गर्दै लोकतान्त्रिक समूहको प्यानलै विजयी भएको हो ।

तपाईको प्रतिक्रिया