काठमाडाैं – गत जुलाई २२ तारिखमा भारतले सफलतापूर्वक चन्द्रयान-२ अभियान अन्तर्गत अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो । विक्रम ल्यान्डर नाम दिइएको उक्त रोवोटिक यानले यसै महिनाको ७ तारिखमा चन्द्रमामा अवतरण गर्ने लक्ष्य राखिएको थियो ।
यद्यपी चन्द्रमामा अवतरण गर्नुभन्दा केही समय अगाडि उक्त यान भारतको अन्तरिक्ष संस्था इसरोसँगको सम्पर्कबाट बाहिरियो । आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको चन्द्रयान २ भारतको महत्वाकाँक्षी अभियान थियो । हालसम्म रुस, संयुक्तराज्य अमेरिका र चीनलेमात्र आफ्ना अन्तरिक्ष यान चन्द्रमामा अवतरण गराउन सफल भएका छन् । भारत अन्तरिक्षमा शक्तिराष्ट्र बन्न चाहन्थ्यो ।
यद्यपी त्यो योजना यसपटक पुरा हुन सकेन । विक्रम ल्यान्डर गत ७ तारिखदेखि सम्पर्कविहिन छ। त्यसयता उक्त यान कसरी दुर्घटनामा पर्यो भनेर अनुसन्धानहरु भइरहेका छन् । हालै अमेरिकी अन्तरिक्ष संस्था नासाले भारतको चन्द्रयान २ अभियान कसरी सफल भयो भनेर तस्बिर सार्वजनिक गरेको छ ।
Our @LRO_NASA mission imaged the targeted landing site of India’s Chandrayaan-2 lander, Vikram. The images were taken at dusk, and the team was not able to locate the lander. More images will be taken in October during a flyby in favorable lighting. More: https://t.co/1bMVGRKslp pic.twitter.com/kqTp3GkwuM
— NASA (@NASA) September 26, 2019
नासाले विक्रम ल्यान्डरले अवतरण गर्ने स्थानको हाइ रिजोलुसन तस्बिर सार्वजनिक गरेको छ । बिहीबार यी तस्बिरहरु सार्वजनिक गर्दै नासाले भनेको छ,‘हामीले चन्द्रयान २ विक्रम ल्यान्डरको अवतरणस्थलका तस्बिर खिचेका छौं । तस्बिर अँध्यारोमा लिइएको छ । विक्रम ल्यान्डरको स्थितीको बारेमा जानकारी छैन। अक्टुबर महिनामा उज्यालो भएपछि बाँकी तस्बिर खिच्नेछौं ।’
नासाले आफ्नो वेबसाइटमा विक्रम ल्यान्डर चन्द्रमाको सतहमा बजारिएपछि त्यो सम्पर्कविहिन भएको जनाएको छ । माथिबाट तिब्र गतिमा भारतको चन्द्रयान खसेको अनुमान गरिएको छ ।