काठमाडौं – फेसबकुले पोष्टमा गरिएका लाइकको संख्या नदेखिने बनाउने भएको छ । धेरै लाइक्स आउँदा मानिसहरु खुशी र थोरै लाइक्स आउँदा दुखी हुने गरेको पाइएपछि शुक्रबारदेखि फेसबुकले यसको परीक्षण सुरु गरेको हो ।
अस्ट्रेलियामा थालिएको परीक्षणकालमा केही प्रयोगकर्ताले मात्र लाइक्सको संख्या देख्न नसक्ने फेसबुकले जनाएको छ । गत जुलाईदेखि फेसबुकको मातहतमा रहेको संस्था इन्स्टाग्राममा लाइक्स नदेखिने फिचर प्रदान गरिएको छ । सोही फिचर फेसबुकमा परीक्षणको रुपमा थालनी गरिएको हो ।
फेसबुकका अनुसार लाइक्स संख्या नदेखिनाले यसले प्रयोगकर्तामा सामाजिक तनाव र दबाब कम उत्पन्न हुन्छ ।मानिसको मनोविज्ञान बुझ्नको लागि यो परीक्षण थालिएको फेसबुकले बताएको छ ।