Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडाैं – फिफाको सन् २०१९ को बेस्ट खेलाडीको अवार्ड लियोनेल मेसीले जितेका छन् । मेसीले लिभरपुलबाट खेल्ने नेदरल्याण्डसका डिफेन्डर भान डाइक र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यस बर्षको बेस्ट खेलाडीको अवार्ड जितेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मेसीले कुल ४६ अंक पाउदै शिर्ष स्थानमा रहेर बेस्ट खेलाडीको अवार्ड जिते भने भान डाइकले ३८ अंक पाए भने रोनाल्डोले ३६ अंक पाएका थिए । सधै जसो अवार्ड समारोहमा उपस्थित हुने रोनाल्डो यस पटक भने अनुपस्थित रहे । सामान्य इन्जुरीका कारण मंगलबार राति हुने युभेन्टसको खेलमा टिम बाहिर रहेका रोनाल्डोले बेस्ट खेलाडीको अवार्ड मेसीले जितेपछि इन्स्टाग्राममा एक पोस्ट गर्दै आफ्नो प्रतिक्रिया दिएका छन् । अवार्ड समारोह भैरहदा रोनाल्डोले भने घरमै बसेर किताब बढिरहेको तस्वीर सार्वजनिक गरेका छन् ।

रोनाल्डोले संदेशमुलक पोष्ट लेख्दै अहिले ठुलो लाग्ने सबै कुरा सानो हुदै जाने भन्दै आफुले सबै कुरा गर्न सकिदैन तर आफ्नो सपना साकार पार्न भने सबै कुरा गर्न सकिने बताएका छन् । व्यक्तिगत अवार्डलाई निकै महत्व दिने रोनाल्डोले आफुले अझै बेस्ट खेलाडी र बेलुन डो अर जस्ता अवार्ड जित्ने दाबि गर्दै आएका छन् । बेस्ट खेलाडीको मतदानमा पोर्चुगलका कप्तानको रुपमा भोट दिएका रोनाल्डोले मेसीलाई भोट नदिएकोमा उनको सामाजिक संजालमा आलोचना भइरहेको छ । रोनाल्डोले आफ्नो पहिलो भोट माथिस डि लाइटलाई दिएका छन् भने दोस्रो भोट फ्र्यांकी डि जोंग र तेस्रो भोट किलीयन एम्बाप्पेलाई दिएका थिए ।

त्यस्तै मेसीले भने आफ्नो पहिलो भोट साडियो मानेलाई दिएका थिए भने दोस्रो रोनाल्डो र तेस्रो भोट फ्र्यांकी डि जोंगलाई दिएका थिए । अन्तर्राष्ट्रिय फुटबलमा पछिल्लो एक दशक देखि राज गरेका मेसी र रोनाल्डोको सधै तुलना हुने गरेकोले पनि मेसीले अवार्ड जितेपछि रोनाल्डोको प्रतिक्रियालाई विशेष रुपमा हेरिएको छ । यस अघि ५ पटक बेलुन डो अर जितेका मेसीले २०१६ देखि फिफाले दिन लागेको बेस्ट खेलाडीको अवार्ड भने पहिलो पटक जितेका हुन् । रोनाल्डोले २०१६ र २०१७ मा लगातार फिफाको बर्ष खेलाडी अवार्ड जितेका थिए ।

तपाईको प्रतिक्रिया