शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – यु-१८ साफ च्याम्पियनसिप फुटबलमा नेपाली टोली भुटानसँग पराजित भएको छ । सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा भएको खेलमा नेपाल ३-० ले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा नेपाली टोलीको निकै फितलो प्रदर्शन रह्यो । अग्रपङ्तिमा मनिस डाँगी र ब्रिजेश चौधरीले सम्हालेका थिए । खेलको ४१ औं मिनेटमा यशी दोर्जेले  भुटानका लागि पहिलो गोल गरेका थिए भने ८६ औं मिनोटमा केलज्याङ जिग्मेले गोल गर्दै टिमका लागि दोहोरो अग्रता बनाए ।

त्यस्तै खेलको अन्तिम समयमा भुटानले थप एक गोल गर्दै ३-० को जीत हासिल गरेको हो । प्रतियोगिताको समूह ए मा रहेको नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको थियो ।

तपाईको प्रतिक्रिया