शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – दशैं, तिहार र छठलाई लक्षित गर्दै हवाई सेवामा पनि अग्रिम टिकट बुकिङ्ग खुल्ला भएको छ । वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा संचालक संघ, नेपाल(एओएएन) ले हवाई भाडामा विशेष छुटसहित अग्रिम बुकिङ्ग खुल्ला गरेको हो ।

संघले सबै आन्तरिक (डोमेस्टिक) उडानतर्फका आफ्ना नियमित उडान सेवामा नेपाली नागरिकहरुलाई हवाई भाडामा १० प्रतिशत छुट दिने जनाएको छ । उक्त छुट आगामी असोज १२ गतेदेखि कार्तिक २७ गते सम्म लागू हुने संघले बताएको छ । नेपालीहरुको महान चाड वडादशैं, तिहार तथा छठको अवसरमा संघका सबै नियमित उडान सञ्चालन गर्ने सदस्य वायुसेवा कम्पनीहरुको उडान टिकट सम्बन्धी आफ्नै काउण्टरबाट टिकट काट्दा सेवाग्राहीले यस्तो सुविधा पाउने छन् ।

उक्त छुट सामान्य हवाई भाडमा एयरपोर्ट ट्याक्स तथा फ्यूल सरचार्ज बाहेक १० प्रतिशत छुट दिने संघद्धारा जारी विज्ञप्तिमा बताइएको छ । दशैं, तिहार र छठकै लागि वायुसेवा संचालक संघले टिकटदेखि आन्तरिक उडानका सबै खाले व्यवस्थापन मिलाइसकेको संघका प्रवक्ता योगराज पौडेल शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया