शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले १४ मंसिरमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारी नदिने बताएका छन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी विजयी यो क्षेत्र अधिकारीको ताप्लेजुङमा परेको हेलिकोप्टर दुर्घटनापछि खाली भएको थियो ।

त्यसयता त्यो क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने विषयमा बारम्बार विभिन्न बहस हुँदै आएका छन् । एकपटक रवीन्द्रपत्नी विद्या भट्टराईलाई नै पनि त्यो क्षेत्रकी नेपाल कम्युनिस्ट पार्टीकी उम्मेदवारका रुपमा हेर्न थालिएको थियो । तर, विद्याले अझै पनि आफू पूर्ण रुपमा राजनीतिमा आउने वा नआउने भन्नेबारे निर्णय दिइसकेकी छैनन् ।

‘उहाँसँग यस विषयमा औपचारिक रुपमा पार्टीको कुरा पनि भएको छैन,’ कास्कीकै नेकपाका केन्द्रीय सदस्यसमेत रहेका एक नेता बताउँछन्, ‘तर, उहाँले बाहिर चाहिँ मिल्नै नै भए आउने कि भन्ने आशयमा कुरा गर्नुभएको छ रे ।’

यता, विद्याको निर्णय नआउँदै काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले नै वामदेव गौतमलाई उक्त क्षेत्रबाट निर्वाचनमा उठाउने विषयमा छलफल सुरु गरिसकेका थिए । त्यसो त वामदेव गौतमलाई संसद्मा ल्याउनका लागि यसअघि पनि विभिन्न ठाउँका नेकपा सांसदलाई राजीनामा दिन लगाउने समेत तयारी भएको थियो । काठमाडौंमै रामवीर मानन्धरलाई सांसदबाट राजीनामा दिन लगाउने प्रक्रिया समेत अगाडि बढिसकेको थियो । तर, यसको जनस्तरबाट पनि व्यापक आलोचना भयो ।

पछि वामदेव गौतम स्वयंले आफूले यस पटकका लागि निर्वाचन नलड्ने निर्णय सुनाए । वामदेव गाैतमले याे निर्णय सुनाउँदा घाेषणा गरेका थिए- यसपटकका लागि म कुनै पनि उपनिर्वाचन वा अन्य क्षेत्रबाट उम्मेदवार बन्दिनँ । उनकाे याे घाेषणालाई फेरि जिम्मेवार नेतृत्वकाे घाेषणाका रुपमा लिइयाे । तर, अब हुन लागेको उपनिर्वाचनमा वामदेवका लागि कास्की निर्वाचन क्षेत्र उपयुक्त हुनसक्ने अनुमान धेरैले गरेका थिए । अहिले वामदेव गौतम कास्कीबाट निर्वाचन लडेर आएमा भोलि उनलाई प्रधानमन्त्रीका लागि प्रोजेक्ट गर्न पनि सहज हुने बताउँदै आइएको थियो ।

यता गौतमले भने फेसबुकमा स्टाटस लेख्दै कास्कीबाट उम्मेदवारी नदिने बताएका छन् । उनले स्टाटसमा  लेखेका छन्, ‘मेरा समस्त शुभचिन्तक महानुभावलाई जानकारीका लागि-

आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।

यसअघि ९२०७४ मा० प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया- १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो । तर मलाई विश्वास छ म भन्दा अरुकोही स्थानीय कमरेड उठनु हुदा सहजै विजय प्राप्त गर्न सक्नु हुनेछ। कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।’

https://www.facebook.com/BamdevGautaam/posts/2573168162740754

तपाईको प्रतिक्रिया