शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

सप्तरी – किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा ७० वर्षीय वृद्धलाई तीन महिना कैद सजाय सुनाइएको छ । जिल्ला अदालत सप्तरीले किशोरीसँग यौन व्यर्वहार गरेको कसुरमा ७० वर्षीय वृद्धलाई आज कैद सजाय सुनाएको हो ।

जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलाशले बालिकामाथि यौन दुर्व्यवहार गरेको ठहर गरेर सजाय सुनाएको छ । अदातलले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-५ बर्साइनका खुशीलाल रजकलाई कैद र जरिवानाको फैसला गरेको हो । उनलाई तीन महिना कैद र ३० हजार जरिवानाको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दीलकुमार बर्देवाले बताए ।

अदालतको फैसलामा भनिएको छ, ‘मुलुकी अपराध संहिता २०७४ को दफा १२४ (१) र (२) को कसूर गरेको देखिँदा सोही ऐनको दफा १२४ (३) बमोजिम आरोपितलाई तीन महिना कैद र ३० हजार जरिवाना हुने ठहर्छ ।’ उनले गत भदौ ७ गते बाटो हिडिरहेकी किशोरीलाई घरभित्र बोलाएर यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। किशोरीकी आमाले उनीविरुद्ध भदौ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसको एक वर्षपछि आज जिल्ला अदालतले फैसाल सुनाएको हो ।

तपाईको प्रतिक्रिया