बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं – प्रधानमन्त्रीक निजी चिकित्सक डा दिव्या सिंह शाह सहित सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालका चिकित्सक सरकारले प्रदान गर्ने सुप्रसिद्ध प्रबल जनसेवा श्री प्रथम श्रेणीबाट विभुषित हुने भएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगंजमा कार्यरत डा शाहलाई संविधान दिवसको अवसरमा यो पुरस्कारबाट विभुषित गर्न लागिएको हो ।

सरकारले संविधान दिवसको अवसरमा प्रधानमन्त्री ओलीको उपचारमा संलग्न सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालका चिकित्सक प्राडा अनन्तरमण भाटशालालाई पनि सुप्रसिद्ध प्रबल जनसेवा श्री प्रथम श्रेणीबाट विभूतिष गर्ने भएको हो ।

सुप्रसिद्ध प्रजल जनसेवा श्री प्रथम श्रेणीबाट विभुषित हुनेहरुमा भारतको युरोलोजी युरो अंकोलोजी रोवटिक एण्ड रिनल ट्रान्सप्लान्ट एमएक्स ग्रुप अफ हस्पिटलका अध्यक्ष प्राडा अनन्तकुमार, इन्टिच्युट अफ अडल्ट रिजोस्टक्सन स्पोर्ट इन्जुरी एण्ड जोइन्ट रिप्लेसमेन्टका अध्यक्ष डा राजिब कुमार शर्मा र डिपार्टमेन्ट अफ अंकोलोजी अपोलो अस्पतालका प्रमूख डा हर्ष दुवा रहेका छन् । यस्तै नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालालाई सुकीर्तिमय राष्ट्रदीप तृतिय श्रेणीबाट विभुषित गर्न लागिएको छ ।

तपाईको प्रतिक्रिया