आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । बानेश्वरमा रहेको उनको घरमा सोमबार साँझ आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।

गायक राई साङ्गीतिक कार्यक्रमका लागि यतिबेला नेपाल बाहिर रहेका छन् । गायक राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडा केही नभएको प्रतिक्रिया दिएका छन् ।

उनले लेखेका छन्, ‘म पीडामा छैन किनकी तपाइँहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा, पीडा हैन । मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति यहाँबाटै हार्दिक नमन । अवार्ड जले होलान् तर तपाइँहरुले दिएको आशिर्वाद माया, सुझाव नजलोस् । म सदा तपाइँहरुकै काखमा लुट्पुटिने मान्छे ।’

तपाईको प्रतिक्रिया