आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – आगामी शुक्रबारबाट हलचोकस्थित सशस्त्र मैदानमा सुरु हुने यू-१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले अन्तिम टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

घोषित टोलीको गोलकिपरमा विशाल सुनार, सूर्य अधिकारी र पुजन होना छन् । यस्तै डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अञ्जल महर्जन छन् । मिडफिल्डमा सिसिर लेखि, रोसन राना मगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापा छन् ।

यस्तै स्टाइकरमा व्रिजेश चौधरी, सन्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी छन् । नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया