काठमाडाैं – १६ वर्षीय स्टार अंशु फातिको शुरुवाती गोलमा बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध शानदार जित हात पारेको छ । क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले भ्यालेस्नियालाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाका लागि युवा स्टार फाति र फान्कि डि जोङले खेलको शुरुवाती १० मिनेटमा नै टिमलाई भ्यालेन्सियाविरुद्ध २-० को अग्रता दिलाएका थिए । त्यस्तै, जेराड पिके एक र लुइस स्वारेजले २ गोल गरे । यता बार्सिलोनाविरुद्ध भ्यालेन्सियाका केभिन गमियरो र मासिमिलियानो गोमेजले २ गोल फर्काएका थिए ।
बार्सिलोनाका लागि फातिले दोस्रो मिनेटमै र डि जोङले ७ औं मिनेटमा गोल गर्दै २-० को अग्रता बनाइरहँदा भ्यालेन्सियाका केभिन गमियरोले २७ मिनेटमा गोल गर्दै बार्सिलोनासँगको अग्रता घटाएका थिए । पहिलो हाफमा २-१ अवस्थामा रहेको खेलमा बार्सिलोनाका जेराड पिके ५१ औं मिनेटमा गोल गर्दै अग्रता बढाएका थिए त्यस्तै, खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका लुइस स्वारेजले खेलको ६१ औं र ८२ औं मिनेटमा गोल गर्दै टिमलाई ५-१ को फराकिलो अन्तर बनाएका थिए ।
बार्सिलोनाविरुद्ध खेलको इन्जुरी समयमा भ्यालेन्सियाका गोमेजले गोल गर्दै टिमका लागि अग्रता घटाएपनि हारबाट जोगाउन भने समेनन् ।