काठमाडौँ – टेलिकमको मोबाइल र टेलिफोन सेवा नपुगेको हुम्लामा पहिलोपटक इन्टरनेट सेवा सुरु भएको छ । कर्णाली प्रदेशभरी इन्टरनेट सेवा बिस्तारको जिम्मा पाएको वर्ल्डलिंक कम्युनिकेसनले इन्टरनेट सेवा हुम्लाको हिल्सामामा पुर्याएको हो ।
योसँगै हिल्साबासीले पहिलो पटक इन्टरनेट चलाउन पाएको सीमा प्रहरी पोष्ट हिल्साका प्रहरी सहायक निरीक्षक दलबहादुर श्रेष्ठले बताए । अब आफन्तसँग कुराकानी गर्न र देश विदेशका खबर थाहा पाउन सहज भएको उनले जनाएका छन् । हिल्साका नेपालीहरुले चिनियाँ सिमबाट नेपालमा कुराकानी गर्दै आएका छन् । तर अब इन्टरनेट भएपछि त्यो क्रम केही कम हुने अपेक्षा गरिएको छ ।