Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडाैं – ट्विटरका सहसंस्थापक एवं वर्तमान प्रमुख कार्यकारी ज्याक डोर्सीको ट्विटर खाता केही समय ह्याक भएको छ । ज्याक डोर्सीको ट्विटरबाट धेरै आपत्तिजनक र रङ्गभेदी सन्देशहरू रिट्वीट भएका थिए ।

चक्लिङ स्कोड नाम भनेर चिनिन चाहने एउटा समूहले ४२ लाखभन्दा बढी फलोअर भएको डोर्सीको ट्विटर ह्याक गरेको हो । आफ्नो नियन्त्रणमा लिएपछि सो समूहले डोर्सीको ट्विटरबाट १५ मिनेटजति धेरै आपत्तिजनक तथा रङ्गभेदी टिप्पणीहरू गरेका थिए । ट्विटरले आफ्नो प्रणालीमा कुनै कमजोरी नभएको दाबी गर्दै यो घटनामा नाम उल्लेख नगरी एउटा मोबाइल फोन सञ्चालक कम्पनी दोषी रहेको बताएको छ ।

त्यसबाट अनधिकृत व्यक्तिले सो फोन नम्बर प्रयोग गरेर एसएमएस लेख्दै ट्वीट गर्न सक्ने अवस्था बन्यो । ट्विटरस्थित एक स्रोतले बीबीसीलाई बताएअनुसार ह्याकरहरूले सिमस्व्यापिङू अथवा सिमज्याकिङू भनिने विधि प्रयोग गरेर डोर्सीको ट्विटर आफ्नो नियन्त्रणमा लिएका हुन् ।

यो विधिमा प्रयोगमा रहेको कुनै फोन नम्बरलाई नयाँ सिमकार्डमा सारिन्छ । प्रायस् त्यसो गर्न ह्याकरहरूले मोबाइल सेवा प्रदायकको ग्राहक सेवामा खटिने कर्मचारीलाई कुनै बहाना बनाएर झुक्याउँछन् वा आर्थिक प्रलोभन दिन्छन् । फोन नम्बर हात परिसकेपछि एसएमएस पठाएर डोर्सीको खाताबाट ट्वीट गर्न ह्याकरहरू सक्षम भएका थिए ।

तपाईको प्रतिक्रिया