Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

टोकियो – नेपाली ईन्जिनियर्स एशोसिएशन, जापानको हालै सम्पन्न निर्वाचनमा आर्किटेक्ट डा. लता शाक्यको अध्यक्षतामा सात सदस्यीय कार्यकारी समिति निर्वाचित भएको छ।

उपाध्यक्षमा ई. डा. बिवस गुरागाई, महासचिवमा आर्किटेक्ट शितलबाबु आचार्य, कोषाध्यक्षमा आर्किटेक्ट प्रगति बानिया र सदस्यहरुमा ई. कमलप्रसाद रेग्मी, ई. डा. प्रिजा कायस्थ गुरुङ र ई. युवराज खत्री निर्विरोध निर्वाचित भएका छन् ।

उक्त निर्वाचन कार्यका लागि ई. डा. वेदप्रसाद काफ्लेको अध्यक्षतामा ई. डा. लक्ष्मीकुमार पराजुली र ई. डा. राजेन्द्र खनालसहितको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। नेपाली ईन्जिनियर्स एशोसिएशन, जापानले हालै टोकियोमा शपथ ग्रहण तथा कार्यभार हस्तान्तरण कार्यक्रमको आयोजना गरेको थियो। निर्वाचन समितिका अध्यक्ष डा. काफ्लेले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो भने पूर्व कार्यकारी समितिका अध्यक्ष ई. डा. अच्युत सापकोटाले महत्वपूर्ण कागतपत्रहरू नयाँ कार्यकारी समितिका अध्यक्ष डा. शाक्यलाई बुझाई कार्यभार हस्तान्तरण गर्नुभएको थियो।

पदभार ग्रहण गरेपछि नयाँ कार्यसमितिले आफ्नो कार्यकालका लागि तय गरिएको नीति तथा कार्यक्रमका बारेमा छलफल भएको थियो। हाल सदस्य संख्या ८० जना रहेकोमा जापानबासी बाँकी सबै नेपाली इन्जिनियरहरूलाई सदस्यता प्रदान गरी सदस्य संख्या बढाउने, नियमित कार्यशाला गोष्ठी तथा भेटघाट कार्यक्रम गर्ने, जापानमा रहेका सबै नेपाली इन्जिनियरहरूबीचको नेटवर्किङ राम्रो बनाउनका लागि ईन्जिनियरिङ्गका विभिन्न विधा तथा भौगोलिक क्षेत्र अनुसार सब कमिटिहरू गठन गर्ने, नेपालसँग नजिक रहेर काम गरेका जापानी व्यक्तित्व तथा संस्थालाई कार्यशाला गोष्ठीमा आमन्त्रण गरी ज्ञान साटासाट गर्ने र उनीहरूसँगको मैत्री सम्बन्ध अझ गाढा बनाउने, सदस्यहरूले गरेका अनुसन्धानात्मक नतिजा वा कामको अनुभवका बारेमा लेखिएका लेखहरू र छात्रवृत्ति तथा रोजगारीका अवसरका बारेमा जानकारी समावेश गरी न्यूजलेटर प्रकाशन गर्ने आदि बुँदाहरू नयाँ कार्यसमितिको कार्यक्रममा समावेश गरिएका छन् ।

जापान स्थित नेपाली राजदूताबाससँग सहकार्य गरी नेपालबाट जापान भ्रमणमा आउनु हुने विशिष्ट पदाधिकारिहरूसँग अन्तरक्रिया गरी नेपालले जापानसँग सहकार्य गरी लाभ लिन सक्ने प्राविधिक क्षेत्रहरूका बारेमा विचारविमर्श गर्ने बुँदा पनि कार्यक्रममा समेटिएको जानकारी महासचिव शितलबाबु आचार्यले दिएका छन्। ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया