काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी राजदूतावासले भिसा अस्वीकार गरेको तीन घण्टामै भिसा प्रदान गरेको छ । मंगलबार बिहान सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेपछि उनले लगत्तै ट्वीट गर्दै यसमा अचम्म लागेको बताएका थिए ।
सन्दीपले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र दूतावासलाई मेन्सन गर्दै ट्वीट गरेपछि लगत्तै ‘रिभ्यू’ गर्न भन्दै दूतावासले बोलाएर भिसा दिएको हो । क्यारेबियन लिगमा खेल्नका लागि जान लागेका सन्दीप खेलअघि अमेरिका जान खोजेका थिए । भिसा पाएपछि सन्दीपले अमेरिकी दूतावास र आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद दिएका छन् ।
Finally all the issues has been sorted out. Thanks to @USEmbassyNepal for your kind cooperation. Big thanks to all the well wishers and concerned person for putting the valuable efforts. @USAmbNepal @PM_Nepal @PradeepgyawaliK @hello_sarkar @MofaNepal @CPL @BIMTridents
— Sandeep Lamichhane (@Sandeep25) August 13, 2019