Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडाैं – नासाको क्युरियोसिटी रोभरले मंगल ग्रहमा नयाँ-नयाँ खोज तथा अनुसन्धान गरिरहेको नासाले जनाएको छ । क्युरियोसिटी रोभर रोवोटिक यन्त्र हो । यो सात वर्ष अगाडि मंगल ग्रहमा पुगेको हो । यस यन्त्रले अहिलेसम्म हजारौं फोटोहरु पठाइसकेको छ ।

यसले १३ माइल अर्थात् २१ किलोमिटरको दुरी पार गरेको छ । यो यन्त्र १२ सय ७ फिट पहाडमा चढेको छ । हाल यो यन्त्र बसिरहेको स्थान माउन्ट सार्प हो । माउन्ट सार्प मंगल ग्रहको गाले क्रेटर अर्थात् त्यहाँको सुख्खा तलाउमा पर्दछ । यतिबेला यस क्युरियोसिटी रोभरले त्यही सुख्खा तलाउको अध्ययन गरिरहेको छ ।

यसले उक्त तलाउको सुख्खा माटोको २२ वटा नमूना संकलन गरिसकेको नासाको भनाइ छ  । यस अध्ययनबाट मंगल ग्रहको पानी कसरी सुक्यो भनेर पत्ता लगाउन सकिने वैज्ञानिकहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया