काठमाडौँ – १५ र १६ साउनमा १२ जिल्लामा रहेका एनसेल र एनटिसीका टावरमा आगजनी र बम विष्फोट भएको छ।
सबैजसो विष्फोट र आगजनी रातको समयमा भएको छ। आगजनी र बम विष्फोट गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।
ललितपुर, झापामा, सिन्धुपाल्चोक, धादिङ, नवलपरासी पूर्व, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलबस्तु, डडेल्धुरा र कैलाली रहेका रहेका एनसेल टावरमा विष्फोट आगजनी भएको हो।
त्यसैगरी अर्घाखाँचीमा एउटा एनटिसीको टावरमा पनि आगजनी भएको छ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बुधबार आह्वान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा अधिकांश एनसेल टावरमा आगजनी भएको हो।
आगजनी र विष्फोटमा विप्लव समूहकै संलग्नता हुनसक्ने आशंका सुरक्षा अधिकारीहरुले गरेका छन्।