काठमाडाैं – भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले एउटा महत्त्वाकाङ्क्षी अन्तरिक्ष परियोजना सुरु हुनु एक घन्टाभन्दा कम समयअघि प्राविधिक कारणले स्थगित भएको जनाएको छ ।
परियोजनाअन्तर्गत चन्द्रयान-२ लाई पहिलो पटक अन्तरिक्षको दक्षिणी ध्रुवमा अवतरण बताइएको थियो । इसरोका अनुसार चन्द्रयान-२ प्रक्षेपण गर्नु ५६ मिनेटअघि प्रक्षेपण समयको गन्ती रोकिएको थियो । अन्तिम समयमा प्राविधिक समस्या उत्पन्न भएपछि अत्यन्त सावधानी अपनाउँदै प्रक्षेपण रोकिएको इसरोले जनाएको छ ।
के यो यसको लक्ष्य ?
भारतको आन्ध्रप्रदेश राज्यस्थित श्रीहरिकोटा अन्तरिक्ष केन्द्रबाट चन्द्रयान-२ लाई सोमवार स्थानीय समयानुसार बिहान २ बजेर ५१ मिनेटमा प्रक्षेपण गर्ने तय गरिएको थियो ।
झन्डै १५ करोड डलर खर्च गरिएको उक्त परियोजनाअन्तर्गत चन्द्रयान-२ चन्द्रमाको दक्षिणी ध्रुवमा उतारिने पहिलो अन्तरिक्षयान हुने भारतको अपेक्षा थियो । यो खासगरी चन्द्रकम्पको मापन र चन्द्रमाको सतहमा रहेको पानी र खनिज पदार्थ आदिको खोजीमा केन्द्रित हुनेछ । यदि यो परियोजना सफल भए चन्द्रमाको सतहमा अवतरण गर्ने भारत चौथो देश हुनेछ । अमेरिका, चीन र पूर्व सोभियत सङ्घ यसअघि चन्द्रमामा पुगिसकेका छन् ।
के हुन् यसका विशेषता ?
भारतीय अन्तरिक्ष अन्तरिक्ष अनुसन्धान सङ्गठनका प्रमुख के सिभानले यो परियोजना अहिलेसम्मकै सबैभन्दा कठिन रहेको बताएका छन् । चन्द्रयान-२ भारतीय अन्तरिक्ष कार्यक्रमका लागि एकदमै महत्त्वपूर्ण भएको ठानिएको छ ।
त्यसैले पनि त्यसको प्रक्षेपणका लागि राष्ट्रपति रामनाथ कोविन्द प्रक्षेपण गरिने स्थल रहेको श्रीहरिकोटा पुगेका थिए । चन्द्रयान-२ प्रक्षेपण गरेको झन्डै दुई महिनामा ३.८४ लाख किलोमिटरको यात्रा पार गरेर चन्द्रमामा पुग्नेछ ।भारतले यो परियोजनामा आफ्नो सबैभन्दा शक्तिशाली रकेट जियोसिन्क्रोनस स्याटलाइट लन्च भेहिकल मार्क तेस्रो प्रयोग गर्दैछ । यसको तौल ६४० टन रहेको छ भने उचाइ १४४ फिट अर्थात् चौथतले भवन बराबार रहेको छ ।
अन्तरिक्षयानको तौल झन्डै दुई हजार तीन सय ८० किलो छ र यसमा तीन भिन्न भाग छन् – अर्बिटर, ल्यान्डर र रोभर । यो परियोजनाको विशेषता भनेको यी तिनैवटा भाग भारतमै बनेका हुन् । अर्बिटरको आयु एक वर्षको हुन्छ र उसले चन्द्रमाको सतहको तस्बिर लिन सक्छ । विक्रम नाम दिइएको ल्यान्डरले चाहिँ चन्द्रमामा माटोको विश्लेषण गर्ने उपकरण बोकेको छ ।
आफ्नो १४ दिने जीवनकालमा प्रज्ञान नाम गरेको रोभरले ल्यान्डरबाट झन्डै आधा किलोमिटर यात्रा गर्न सक्छ । सङ्कलन गरिएका सूचना र तस्बिरलाई त्यसले विश्लेषणका लागि पृथ्वीमा पठाउँछ । ‘रोभरले काम थालेसँगै चन्द्रमाको सतहबाट पहिलो सेल्फी खिच्न सक्ने भारतले अपेक्षा गरेको छ,’ डाक्टर सिभनले भने ।
प्रक्षेपण कहिले ?
भारतले चाँडै प्रक्षेपणको नयाँ मिति घोषणा गर्ने बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको अन्तरिक्ष कार्यक्रमको अग्रसरता लिएका छन् ।
तर आलोचकहरूचाहिँ देशमा भएको भोकमरीलाई पहिला सम्बोधन गरिएको हेर्न चाहन्छन् । चन्द्रमामा पुग्ने भारतको पहिलो परियोजना सन् २००८ मा सम्पन्न भएको थियो । चन्द्रयान-१ भने चन्द्रमाको सतहमा अवतरण भएको थिएन, तर उसले रेडारको प्रयोग गरेर चन्द्रमामा पानीबारे पहिलो र निकै बृहत् खोज गरेको थियो ।