Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

काठमाडाैं –  सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त गर्ने तयारी गरेको छ । सदस्य सचिव केशवकुमार विष्टको कार्यकाल असार ९ गते सकिएकाले रिक्त पदमा उनको नियुक्ति हुन लागेको हो ।

उनको नामबारे टुंगो लागिसकेको स्रोतको दाबी छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले भने यसबारे निर्णय भइनसकेको बताए । काठमाडौं प्रेससँग उनले भने, ‘हामी सदस्यसचिवको नियुक्तिको अन्तिम तयारीमा छौँ । अझै टुंगोमा पुगिसकेका छैनौँ । अहिलेसम्म निर्णय भइसकेको छैन ।’

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भने यो मन्त्रीस्तरीय निर्णयबाट हुने भएकाले क्याबिनेटमा नआएको र त्यसबारे आफूलाई जानकारी नभएको बताए । सिलवाल प्रधानमन्त्री केपी ओली युवा संघको अध्यक्ष हुँदा त्यसको सचिव थिए । उनी मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष पनि थिए । गोल्डेन गेट कलेजका सञ्चालक उनी हिसानका अध्यक्ष हुन । यसअघि उनी क्रिकेट संघका संयोजक पनि थिए ।

तपाईको प्रतिक्रिया