Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

काठमाडाैं – नेपाल समूह विजेताका रुपमा एसीसी यू-१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित किनारा ओभल मैदानमा शुक्रबार भएको समूहको अन्तिम खेलमा सिंगापुरलाई २१७ सय रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह एको विजेता बनेको हो ।

समूह ए बाट नेपालसँगै पराजित सिंगापुर पनि यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो । यस समूहका दुबै खेलमा पराजित हुँदै चीन भने बाहिरिएको छ । नेपालले दिएको ३ सय २७ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रनमा समेटियो ।

 जारी प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, चीन, हङकङ, थाइल्याण्ड, सिंगापुर र भुटानको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले श्रीलंकामा हुने एसिसी यू-१९ एसिया कपमा सहभागिता जनाउँनेछन् ।

श्रीलंकामा अगष्ठ २८ देखि सेप्टेम्बर ८ सम्म एसिसी यू-१९ एसिया कप हुनेछ । उक्त प्रतियोगितामा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई र कुवेत लगायतका देश सहभागिता जनाउँदै छन् ।

तपाईको प्रतिक्रिया