Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

काठमाडाैं – भारतका मध्यक्रमका ब्याट्सम्यान अम्बाती रायुदुले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । आइसिसी क्रिकेट विश्वकप २०१९ का लागि भारतीय टिममा नपरेको २ महिनापछि उनले संन्यासको घोषणा गरेका छन् । उनी टिममा नपरेपछि विवाद समेत भएको थियो ।

रायुदुले बिसिसिआईलाई इमेल लेख्दै सबै फर्म र लेभलको क्रिकेटबाट सन्यास लिने निर्णय गरेको जनाएका छन् । उनले आइपिएल पनि नखेल्दे संकेत गर्दै मुम्बई इन्डियन्स र चेन्नइ सुपरकिंग्सलाई धन्यवाद दिएका छन् । ३३ वर्षिय रायुदुले गत नोभेम्बरमा पहिलो श्रेणीको क्रिकेटबाट सन्यास लिँदै एकदिवसीय र टी-२० खेलमा केन्द्रीत हुने बताएका थिए । जारी विश्वकप उनले चौथो नम्बरमा ब्याटिङ गर्ने विश्वास गरिएको थियो ।

तर उनी भारतको १५ सदस्यीय टिममा पर्न सकेनन् । उनको स्थानमा विजय शंकरले मौका पाएका थिए । छनोटकर्ताले विजय शंकर ‘थ्री डाइमेन्सनल प्लेयर’ (थ्री डी) भएकाले टिममा राखेको बताएका थिए । त्यसपछि रायुदुले ‘थ्री डी चस्मा’ लगाएर विश्वकप हेर्ने भन्दै ब्यंग्य गरेका थिए । विश्वकपका दौरान विजय शंकर घाइते भएर स्वदेश फर्कदा पनि उनले टिममा स्थान पाएनन् । विजयको स्थानमा भारतले मयंक अग्रवाललाई मौका दिएको थियो ।

अहिले ओपनर शिखर धवनको स्थानमा खेलिरहेका रिशव पन्तले चौथो नम्बरमा ब्याटिङ गरिरहेका छन् । सन् २०१३ मा जिम्बावेविरुद्धको खेलबाट एकदिवसीय खेलमा डेब्यू गरेका उनले ५५ एकदिवसीय खेल खेलेका थिए । त्यसक्रमा उनले ३ शतक र १० अर्धशतक प्रहार गरेका थिए ।

तपाईको प्रतिक्रिया