काठमाडाैं – आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आइतबार नेपाली राष्ट्रिय क्रिकेट टोलीले पत्रकार सम्मेलन गरेर प्रशिक्षक उमेश पटवालले विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा गरेका हुन् ।
बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट विश्व्कप छनोटका लागि १४ जना खेलाडी छानिएका छन् । कप्तान पारस खड्काको नेतृत्वमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । छनौट भएको नेपाली टोलीमा राष्ट्रिय टोलीका कप्तान खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित नारायण राजवंशी, अविनाश बोहरा छन् ।
यस्तै, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी छन् । त्यस्तै कुशल भुर्तेल, जितेन्द्रकुमार मुखिया, सुसान भारी र आरिफ शेखलाई वैकल्पिक खेलाडीका रुपमा छनौट गरिएको छ । एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसँग खेल्नेछ । नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ ।