Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

काठमाडौँ – लियोनेल मेसीले जारी कोपा अमेरिका प्रतियोगिता आफ्नो उत्कृष्ट प्रतियोगिता नभएको बताएका छन् । शनिबार बिहान भेनेजुएलालाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको अर्जेन्टिना अब सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्दी ब्राजिलसँग खेल्ने निश्चित भएको छ ।

अर्जेन्टिनाको जितमा लाउटारो मार्टीनेज र जिओभानी लो केल्सोले एक एक गोल गरेका थिए । खेलपछि प्रतिक्रिया दिदै मेसीले आफ्नो लागि जारी कोपा उत्कृष्ट नभएको बताए । उनले भने, ‘’सत्य के हो भने यो मेरो लागि बेस्ट कोपा होइन, मैले सोचे जस्तो खेल्न सकेको छैन ।’ मेसीले यस प्रतियोगितामा खेलेका ४ खेलमा एक मात्र गोल पराग्वेसँग पेनाल्टीमार्फत गरेका छन् ।

मेसीले आफुले गोल गर्न नसकेपनि टिमले जितेर अगाडी बढ्नु महत्पूर्ण भएको बताए । मेसीले प्रतियोगितात्मक खेलमा कुनै पनि टिमले कुनै टिमलाई हराउन सक्छ भन्दै प्रतियोगितामा खेल्ने मैदान पनि खराब रहेको बताए । उनले भने, ‘खेल्न धेरै गार्हो छ, खेल्ने मैदान पनि राम्रो छैन ।’ मेसीले केहि खेल फरक खेल्छु भन्ने खेलाडीका लागि यस्तो हुने भन्दै आगामी खेलमा राम्रो गर्ने विस्वास व्यक्त गरे ।

अर्जेन्टिनाले अब ब्राजिलसँग आगामी बुधबार बिहान नेपाली समय अनुसार सवा ६ बजे खेल्ने छ । त्यस्तै चिलीले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै लगातार तेस्रो पटक सेमिफाइनलमा पुगेको छ भने अब उरुग्वे र पेरुबीचको विजेतासँग सेमिफाइनलमा खेल्ने छ ।

तपाईको प्रतिक्रिया