Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

काठमाडाैं – प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ । किर्तिपुरस्थित क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा आर्मीले प्रदेश नम्बर १ लाई १ सय १३ रनले पराजित गरेको हो ।

आर्मीले दिएको २ सय ५ रनको लक्ष्य पाएको प्रदेश नम्बर २६.५ ओभरमा सबै विकेट गुमाएर ९१ रन मात्रै बनाएपछि आर्मी फराकिलो अन्तरले विजयी भयो । प्रदेश नम्बर १ लाई कमजोर बनाउन आर्मीका बलर सुसान भारीले किफायती बलिङ गरे । उनले प्रदेश नम्बर १ का ३ विकेट लिएका थिए ।

त्यस्तै, आमीले दिएको २सय५ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर १ का लागि राजन मगरले २६ रन बनाए भने मुकुन्द यादवले १८ रन बनाएका थिए भने अन्य ब्याट्सम्यान चल्न नसक्दा आर्मीलाई खेल सुम्पियो । प्रदेश नम्बर १ विरुद्ध भारीले ३ विकेट लिँदा करण केसीले २ र जितेन्द्र मुखीया, हरि बहादुर चौहान र साहब आलमले समान एक–एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको आर्मीले निर्धारीत ५० ओभर पुरा खेल्दै सबै विकेट गुमाएर २सय४ रन बनाएको थियो । आर्मीका लागि राजेश पुलामि मगरले अर्धशतक पुरा गरेका थिए । उनले ५६ रन बनाए । यस्तै, हरि बहादुर चौहानले ४६ रन, कप्तान विानेद भण्डारीले ३० रन बनाउँदा करण केसीले २६ रन बनाएका थिए ।

आर्मीविरुद्ध प्रदेश नम्बर १ का दिपेश कडेलले ३ विकेट लिए भने फिर्दोस अन्सारी, सिदान्त लोहनी र मुकुन्द यादवले समान २–२ विकेट लिएका थिए । पुस्प थापाले एक विकेट लिए । लगातार दोस्रो जितसँगै आमीले अंक तालिकामा ४ अंक जोडेको छ ।

तपाईको प्रतिक्रिया