Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडाैं – अमेरिकाको स्टार्टअप कम्पनी हर्मिउस कर्पोरेसनले आफूले ध्वनीको गतिभन्दा ५ गुणा छिटो दुरी पार गर्ने सुपरसोनिक जेट विमानको निर्माण गर्ने घोषणा गरेको छ ।

हालका विमानहरु न्युयोर्कदेखि लन्डनसम्म पुग्न ७ घन्टा समय लगाउँछन् । एटलान्टास्थित विमान कम्पनी हर्मिउसले आफ्नो विमान तीव्र गतिमा उड्ने भएकाले ९० मिनेटभित्र न्युयोर्कदेखि लन्डनको यात्रा तय गर्न सकिने बताएको छ ।

हर्मिउसले निर्माण गर्ने नयाँ सुरपसोनिक जेट विमानको निर्माणले हवाई क्षेत्रमा क्रान्ति ल्याउने बताइएको छ । हर्मिउस कर्पोरेसनले आफूहरुले निजी लगानीकर्ताहरुबाट आर्थिक सहायता पाइसकेको जनाएको छ ।

कम्पनीले आफ्नो जेट विमानले प्रतिघन्टा ३ हजार ३ सय माइलको दुरी पार गर्ने जनाएको छ । हाइपरसोनिक जेट बनेपछि न्युयोर्कदेखि लन्डनको विमान भाडा प्रतियात्रु ३ हजार अमेरिकी डलर हुने जनाइएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया