Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – केही दिन अगाडिमात्र फ्रान्सेली क्लब पिएसजीका युवा स्टार केलिएन एमबाप्पेले क्लब छाड्ने अभिव्यक्ति दिएका थिए । उनले आफूलाई धेरै जिम्मेवारी चाहिएको बताएका थिए ।

उनले त्यस जिम्मेवारी पिएसजीबाटै भए खुशी हुने नभए क्लब बाहिरबाट पुरा हुने बताएका थिए । २० वर्षीय स्टारको यस अभिव्यक्तिलाई उनले क्लब छाड्न लागेको भन्ने विश्लेषण भएको थियो । एमबाप्पेको यस्तो अभिव्यक्तिसँगै पिएसजीले एमबाप्पेले क्लब नछाड्ने पुष्टि गरेको छ ।

पिएसजीले आफ्ना सामाजिक संजालको आधिकारिक पेजहरुबाट भनेको छ,‘दुई वर्षदेखि पिएसजी र एमबाप्पेको सम्बन्ध निकै गाढा बनेको छ । र यस कथा आगामी सिजनसम्म जारी रहनेछ ।’ एमबाप्पे यस सिजनमा लिग वानका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

तपाईको प्रतिक्रिया