Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – आईसीसी विश्वकप क्रिकेटका लागि वेस्ट इण्डिजले टिम घोषणा गरेको छ । अरु टिमले टिम घोषणा गरेर तयारी गरिरहे पनि वेस्टइण्डिजले ढिला गरी विश्वकप खेल्ने टिमको घोषणा गरेको हो ।

जेसन होल्डरको कप्तानीमा रहेको वेस्टइण्डिजको टिममा क्रिस गेल, कीमार रोच, ड्यारेन ब्राभाे, आन्द्रे रसल, शाई होप, शेल्डन काटरेल, एभिन लेविस, शेनन गेब्रियल, कार्लोस ब्रेथवेट, एश्ले नर्स रहेका छन् । यसैगरी शिमरन हेटमेएर, फेबियन एलन, ओसाने थोमस र निकोलस पुरन पनि टिममा रहेका छन् ।

यस बाहेक १० जना रिजर्भ खेलाडीको पनि घोषणा गरिएको छ । जसमा ड्वेन ब्राभो र कायरन पोलार्ड पनि रहेका छन् । ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् । उनले अन्तिम एक दिवसीय २०१४ को अक्टाेबरमा खेलेका थिए ।टी–२० भने २०१६ सम्म खेलेका थिए । ब्राभो र वेस्टइण्डिज क्रिकेट बोर्डका बीचमा विवाद भएपछि उनी राष्ट्रिय टिममा परेका थिएनन् ।

अन्य खेलाडी घाइते भएको अवस्थामा खेलाउनका लागि ब्राभोलाई वैकल्पिक खेलाडीको रुपमा छनोट गरिएको जनाइएको छ । बाभ्रो र पोलार्डसँगै सुनील अम्ब्रिस, जोन क्याम्पबेल, जोनाथन कार्टर, रोस्टन चेज, शेन डाेरिच, कीमो पल, खेरी पियरे र रेमन रेइफर रहेका छन् ।

तपाईको प्रतिक्रिया