Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – निर्धारित समय भन्दा डेढ वर्ष ढिला भइसकेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग गेम्स) को प्रतिक चिन्ह (लोगो) र मस्कट सार्वजनिक भएको छ।

६ महिनापछि काठमाडौं र पोखरामा आयोजना हुने तय भएको दक्षिण एसियाको सबैभन्दा ठूलो खेल महोत्सबको तयारी शुरु नभएको भन्दै आलोचना हुन थालेको बेला युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमवार एक समारोहबीच लोगो र मस्कट सार्वजनिक गरेको हो।

उक्त लोगो र मस्कट विराटनगरका भोलानाथ पौड्यालले तयार पारेका हुन्। जसबापत उनले एक लाख रुपैयाँ पुरस्कार जितेका छन्। साग गेम्सको लोगो अन्तर्राष्ट्रिय शान्तिको प्रतिकको रुपमा रहेको परेवाको आकृति छ।

परेवामा प्रयोग भएको रंगले शान्ति सन्देश दिलाएको तथा उँभोतिर उडिरहेको परेवाको पखेटाले हिमाल दर्साएको लोगोका डिजाइनर भोलानाथ पौड्यालले बताए।

त्यस्तै परेवाको पछिल्लो भागमा सातवटा प्वाँख राखिएको छ। जसले सहभागी सातवटा दक्षिण एसियाली राष्ट्रको प्रतिनिधित्व तथा रंगशालाको ट्रयाक दर्साइएको ग्राफिक डिजाइनर पौड्यालले जनाएका छन्। लोगो तथा मस्कट सार्वजनिक समारोह भएसँगै साग गेम्स निर्धारित समयमा हुने वा नहुने अन्योलता हटेको ठानिएको छ।

निर्धारित तालिका अनुसार साग गेम्स आगामी डिसेम्बर एक देखि १० तारिख ( मंसिर १५ देखि २४ गते) सम्म काठमाडौं र पोखरामा हुनेछ।

साग खेलकुद तयारी तथा व्यवस्थापन समितिका संयोजकसमेत रहेका मन्त्री विश्वकर्माले पनि तयारी अब तीब्र गतिमा अगाडि बढ्ने बताएका छन्।

मन्त्रालयले प्रतियोगिताको लागि अत्यावश्यक चारवटा समिति पनि गठन गरेको छ। जसमा प्राविधिक समिति, बजेटको खाका कोर्न आर्थिक समिति, राष्ट्रिय टिमको तयारी गर्ने तयारी समिति र सुरक्षा व्यवस्थापनका लागि सुरक्षा समिति गठन भएको जनाएको छ। साग गेम्स आयोजनाको सम्पूर्ण खर्च ४ खर्ब रुपैयाँ लाग्ने अनुमान छ।***

तपाईको प्रतिक्रिया