Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ हन्ड्रेड प्लसको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । सारा गुप्रद्धारा बजारमा ल्याइएको हन्ड्रेड प्लसले गोलकिपर किरणलाई २ वर्षका लागि ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा गोलकिपर किरण र सारा गुप्रका म्यानेजर डिरेक्टर दिपक केसीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता भए पनि रकमबारे जानकारी दिइएको छैन् । म्यानेजर केसीले आपसी सहमती अनुसार रकममा सम्झौता भएको बताए ।  किरण राष्ट्रिय टोलीका पहिलो रोजाइका खेलाडी हुन् । उनी माल्दिभ्सको ए डिभिजन क्लब टिसी स्पोर्टसमा पनि आवद्ध छन् ।

तपाईको प्रतिक्रिया